झापा । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन । मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठनपाठन सुचारु हुनेछ ।

सरकारले भोलिबाट लागु हुनेगरी सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णयमा झापाको मेचीनगर, बिर्तामोड र दमक पनि उल्लेख छ । ती नगरपालिकाका सबै क्षेत्रमा विद्यालय बन्द नहुने सरकारले स्पष्ट पारेको छ ।

उक्त नगरपालिकाका बजार क्षेत्रका बिद्यालय मात्रै बन्द हुने स्पष्ट पारेको हो । सरकारका प्रबक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले झापाको काकरभिट्टा सहरका बिद्यालयसँगै बिर्तामोड र दमकका पनि पूरै नगरपालिका क्षेत्रका बिद्यालय नभइ सहरी क्षेत्रका बिद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

‘हामीले पुरै नगरका बिद्यालय बन्द गर्ने भनेको छैनौं’, मन्त्री गुरुङले भन्नुभयो, पूरै नगरपालिका क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय भएको होइन ।’

कोरोना संक्रमण बढेपछि आज बसेको मन्त्रि परिषदको बैठकले भोलिदेखि लागु हुने गरी झापाका काकरभिट्टा, बिर्तामोड र दमकसहित देशभरका सहरी क्षेत्रका बिद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।