झापा । प्रथम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगितामा बुद्धशान्ति १ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ ।

त्रिभुवन माविको मैदानमा आयोजित खेलमा वडा नम्बर ६ लाई ३-० गोलअन्तरले पराजित गर्दै १ नम्बर वडा फाइनलमा प्रवेश गरेको हो ।

१ नम्बर वडाका लागि विकास कट्टेल, धिरेन्द्र मगर र राहुल लिम्बूले गोल गरे । बिहीबार वडा नम्बर २ र ७ बीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।

बुद्धशान्ति खेलकुद विकास समितिकाे आयाेजनामा भएकाे प्रतियाेगिताकाे फाइनल खेल वैशाख ११ गते हुनेछ । विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार र ट्रफी पाउनेछ ।