झापा । प्रथम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगितामा बिहीबारको खेलबाट बुद्धशान्ति गाउँपालिका २ नम्बर वडा फाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति १ स्थित त्रिभूवन माविको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर २ ले वडा नम्बर १ ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम सेमिफाइनल खेलमा २ नम्बर वडाले ७ नम्बर वडालाई २-० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । २ नम्बर वडाका लागि बबिन बोहोरा र उत्सव परियारले गोल गरेका थिए ।

बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते शनिबार हुनेछ ।