काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् ।

काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम चारमा पुगेको हो भने धनगढी १० अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणको खेलमा धनगढीले काठमाण्डौलाई ३-० गोलले हराएको थियो ।

आज जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । हार्ने टोलीले भने बुटवल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।