काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहिबार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् ।

पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।