इलाम । प्राकृतिक मनोरम दृश्य मन पराउने पर्यटकका लागि गन्तव्य बनेको इलाम जिल्लाको कन्याम यतिखेर फेरिएको छ ।

कोरोना भाइरसको महामारीले देशैभर निषेधाज्ञा चलिरहेको बेला इलामको कन्याम पनि सुनसान छ । यसै मेसोमा कन्याम वरिपरि पूर्वाधार विकास निर्माणलाई निरन्तरता दिँदै कन्यामको स्वरुप परिवर्तन गरिएको हो ।

सडकको स्तरोन्नति, रंगरोगन गरिएपछि कन्यामको सुन्दरतामा थप रौनक आएको छ । त्यसै पनि कन्याममा फोटो खिच्ने र भिडियो बनाउनेको भीड नै लाग्ने गर्छ ।

निषेधाज्ञामा कन्याम फेरिएपछि फेरि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । निषेधाज्ञा भए पनि फेरिएको कन्याम जाने पर्यटकमा कमी आएको छैन ।

हेरौँ, इलामका पत्रकार प्रेम अधिकारीले खिचेका तस्वीरहरु…