इलाम। इलाम नगरपालिकाले सदरमुकाममा कृषि क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

कृषिको स्नातक तह (बीएससी एग्रीकल्चर) पढाई हुने क्याम्पस सञ्चालनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

नगरपालिकाले पूर्वाञ्चल विश्व विद्यालयमा सम्बन्धनका लागि आवश्यक प्रक्रिया समेत अघि बढाएको नगरपालिकाका प्रवक्ता तथा ५ नम्बरका वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए ।

क्याम्पस सञ्चालनका लागि इलाम नगरपालिकाले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुख जसबहादुर लुङ्गेलीको अध्यक्षतामा क्याम्पस सञ्चालक समिति समेत गठन गरेको छ ।

सम्बन्धनका लागि प्रक्रिया अघि बढाइएको र जग्गा तथा भवनका लागि तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।