दमक । कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधि मण्डलले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।

प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी माग पत्र बुझाएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्याउने आश्वासन दिएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

टोलीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिंह दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष तथा प्रतिष्ठानका महासचिव राईलगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

दुई दिनअघि प्रतिष्ठानको दलीय टोली प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्न काठमाण्डौ गएको थियो ।