काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार ‘ए’ डिभिजन लिगको विजेताले ७५ लाख पाउने जनाएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेको हो । अघिल्लो सिजनको विजेताले ५० लाख पाएको थियो ।

यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । एन्फाले क्लबलाई तयारी खर्चको लागि २०-२० लाख समेत उपलब्ध गराउने छ । लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।