झापा (एजेन्सी) । भारतले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेको छ। भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले शुक्रबार नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय टिमको घोषणा गरेका हुन्।
भारतले घोषणा गरेको टिममा कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गरिएको छ। भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।
मैत्रीपूर्ण खेल भदौ १७ र २० मा हुनेछ। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ।
२५ सदस्यीय भारतीय टोली
गोलरक्षकः अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
रक्षकः प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्डः लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर
फरवार्डः मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी