झापा । अनिरुद थापाको गोलसँगै भारतले खेललाई बराबरीमा पुराएको छ ।
नेपालसँग जारी मैत्रीपूर्ण खेलमा भारतका खेलाडी क्षेत्रीले ६०औँ मिनेटमा गोल गरेका हुन् ।
भारतीय कप्तान सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि किरणसँगै रहेका सब्सिच्युट अनिरुद थापाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।
नेपाली कप्तान तथा गोलकिपर किरण चेम्जोङको हातबाट फुत्किएको बललाई गोललाइनबाट क्षेत्रीले गोल गरेका थिए ।
यसअघि नेपालका अन्जन विष्टले गोल गर्दै पहिलाे हाफमा अग्रता दिलाएका थिए ।