झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोटर्सले प्रायोजन गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो । रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा लगानी गरेकोमा लेभिन स्पोटर्सलाई धन्यवाद दिएकी छन् ।
नेपाली खेलकुद प्रबन्ध कम्पनी लेभिन स्पोटर्सको समन्वयमा केआई स्पोटर्सले रुविनालाई प्रायोजन गरेको हो ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाको कप्तानीमा महिला टोलीलाई प्रशिक्षणमा बोलाएको छ ।