झापा । नेपाल र भारतबीच जारी दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा पहिलो हाफ बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि गोलपोस्टको दिशा दिन सकेनन् । खेलको ८ मिनेटमा पाएको अवसर खेर गएको थियो ।
नेपाली खेलाडीले पटक पटक भारतमाथि आक्रमण बुन्यो तर सफलता हासिल गर्न सकेको छैन । भारतले पनि केही राम्रा मुभ बनाए पनि स्कोर हुन सकेको छैन ।
साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ।
नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।