फाइल तस्वीर ।

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो ।

नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।

नेपालको सुरुवाती-११
गोलकिपरः एन्जिला सुब्बा

डिफेन्डरः गीता राना, हिरा भुजेल, पुजा राना, अमृता जैशी,

मिडफिल्डरः रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली थोकर

फरवार्डः प्रिती राई, सबिता राना, विमला चौधरी