काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अग्रता लिएको छ ।

नेपालका लागि सविता रानाले पहिलो गोल गरेकी हन् । खेलको १४औँ मिनेटमा सविताले गोल गरेकी हुन् । उनको यो डेब्यू गोल हो ।

एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।