काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपालले लिएको छ ।
पहिलो हाफसम्म नेपाल बंगलादेशविरुद्ध २-० गोलको अग्रता कायम राखेको छ । नेपालका लागि सविता रानामगरले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।
सविताले खेलको १४औँ मिनेटमा टिमका लागि गोल गरेकी हुन् भने उनको यो डेब्यू गोल पनि हो ।
नेपालका लागि प्रिति राईले गोल गरेर अग्रता दोब्बर बनाइन् । खेलको २३औँ मिनेटमा प्रितिले काउन्टर अट्याक गर्दै गोल गर्न सफल भइन् ।
पहिलोपल्ट राष्ट्रिय टिममा पर्न सफल प्रितिले अन्तर्राष्ट्रिय डेब्यू खेलमै गोल गरेर आफ्नो खेल कौशल प्रदर्शन गरेकी छन् ।
२ गाेलले पछि परेकाे अवस्थामा बंगलादेशका खेलाडी केही सुधारिएकाे खेल प्रदर्शन गरेका छन् ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
फाेटाेः हाम्राे खेलकुद