झापा (एजेन्सी) । बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् ।

फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६-४ र ६-३ को सेटमा पराजित गरिन् । कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

बेलायतले पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जितेको हो । राडुकानुले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पुरस्कार प्राप्त गर्ने छिन् ।

उनले विश्व वरीयतामा २३ स्थान फड्को मारिन् । र, उनी बेलायकी सबैभन्दा शीर्ष वरियताकी खेलाडी बनिन् ।

उपाधिमा वर्चश्व कायम राख्दै आएका खेलाडीलाई पछि पार्दै यसपटक दुवै फाइनलिस्ट खेलाडी पहिलोपल्ट फाइनलमा पुगेका थिए । उनीहरु टिनेजर्स हुन् ।