झापा । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) अन्तर्गत नेपालले दोस्रो खेलमा श्रीलंकामाथि १-० गोलले अग्रता बनाएको छ ।

 

पहिलो हाफमा सुनिल लामाको गोलबाट अग्रता बनाएको हो । दुवै टोलीले गोल गर्ने आक्रमण बुने पनि नेपालले १ गोल गर्न सफल भएको हो ।

 

पहिलो हाफको ३१औँ मिनेटमा सुनिल लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको हो ।

 

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका हुन् ।

 

गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिएका छन् । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ पाएका छन् । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा छन् ।

 

नेपालले दोस्रो खेलको रुपमा श्रीलंकासँग खेलिरहेको हो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।