झापा । पहिलोपल्ट साफ च्याम्पियन्सको फाइनलमा पुगेको टिम नेपालले सुरुवाती खेल राम्रै पस्के पनि दोस्रो हाफमा नराम्ररी चोट व्यहोरेको छ ।

इतिहास रच्ने अवसरका साथ मैदानमा उत्रिएको नेपालले पहिलो हाफ भारतसँग गोलरहित बराबरी खेले पनि दोस्रो हाफ अनपेक्षित रह्यो । दोस्रो हाफ सुरु भएलगत्तै २ मिनेटभित्र २ गोलको सामना गर्नु पर्यो ।

दोस्रो हाफ सुरु हुनुबित्तिक्कै भारतका लागि कप्तान सुनिल क्षेत्रीले हेडरमार्फत गोल गरेर सुरुवात गरेका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।

लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।