एजेन्सी । एएफसी यू २३ एसियन कप छनोटमा नेपालले अहिले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

 

ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र इरानबीच गोलरहित बराबरी भएको छ ।

 

इरानले १७औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेन । उसका कप्तानको प्रहार बाहिरिएको थियो । इरानविरुद्धको यू २३ खेलमा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

 

नेपालले यू २३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५-० ले पराजित गरेको थियो ।

 

छनोटको समूह ुबीु मा रहेको नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

 

समूहको शीर्ष टोलीले एएफसी यू २३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू २३ एसियन कपमा छनोट हुनेछन् ।

 

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।