काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले यस सिजनको ‘ए’ डिभिजन लिग फुटबल लगभग गुमाउने भएका छन् ।

 

प्रि-सिजन अन्तर्गत ब्रिगेड ब्वाईज क्लबसँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएपछि श्रेष्ठले यस सिजनको लिग गुमाउने लगभग पक्का भएको क्लबले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

 

खेलका क्रममा श्रेष्ठको घुँडामा चोट लागेको थियो । श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर समेत हुन् । यसअघि आर्मीका विकास खवासले लिग गुमाउने पक्का भइसकेको छ ।

 

यस सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ । लिग अघि क्लबहरुले तयारीलाई तिव्रता दिनुका साथै एकआपसमा मैत्रीपूर्ण खेल समेत खेलिरहेका छन् ।