झापा । झापा दूधेको एनी स्पोर्टसले सी डिभिजन राष्ट्रिय लिगको च्याम्पियन बन्दै बी डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग सम्झौता गरेको छ ।

 

एनीले चर्च ब्वाइजलाई एक वर्षका लागि जर्सीलगायतका सम्पूर्ण स्पोर्टस किट प्रदान गर्ने भएको छ । शुक्रबार क्लबका अध्यक्ष रुवेन राई र एनीका सञ्चालक सन्तोष थोप्रा लिम्बूबीच सम्झौता भएको हो ।

 

सम्झौताअनुसार चर्च ब्वाइजलाई एक वर्षका लागि एनीले सम्पूर्ण स्पोर्टस् किट प्रयोजन गर्ने उल्लेख छ । झापाको शिवसताक्षी ९ दूधेमा रहेको एनी स्पोर्टस्‌ले जर्सीको नेपाली उत्पादन लगायतका अन्य सामग्री उत्पादन गर्दै आएको छ ।

 

बी डिभिजन लिगको तयारीमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले मोरङको उर्लाबारीमा बन्द प्रशिक्षण गरिरहेको छ ।