काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग शनिबार खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती ११ को घोषणा गरेका छन् ।
नेपालको सुरुआती ११
गोलकिपर : किरण लिम्बु
डिफेन्डर: गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डर: सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ
फरवार्ड: अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल