इलाम । इलाम जिल्ला फुटबल संघ इलामको ७औं साधारणसभाले विक्रम श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

 

इलाममा शनिबार सम्पन्न सभाले संघको उपाध्यक्षमा पुर्णबहादुर लिम्बू (फत्र माइला), डिडेन देवान र सेवक देवानलाई चयन गरेको छ ।

 

त्यस्तै सदस्यहरुमा प्रमोनन्द दुलाल (प्रकाश), लिलाबहादुर बुर्जा, भुवन सिंह भुजेल, विप्लप कोइराला, सुरेन राई, पवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई, मोहनकुमार राई, मणीकुमार गुरुङ, महानन्द भक्तराज, विजयकुमार सुब्बा र महिला सदस्यमा शोभा राई चयन भएका छन् ।

 

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पूर्व सचिव घनेन्द्र भक्तराज र जिल्ला फुटबल संघ इलामका संस्थापक अध्यक्ष राजकुमार भक्तराजलाई सम्मान गरिएको थियो । संघको महासचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ।