हेटौडा । चर्च ब्वाइज क्लब स्थानीय तहको शहीद स्मारक मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लबले भरतपुर फुटबल क्लब चितवनलाई ३-० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
चर्च ब्वाइज क्लबले अब प्रतियोगिताको क्वाटरफाइनलमा एभेनिर एफसी, क्यामरुनसँग खेल्नेछ। चर्च ब्वाइजका लागि आशिष चौधरीले दुई तथा हेमन्त राना मगरले गोल गर्दै टोलीलाई अन्तिम आठमा पुर्याए ।
दुई गोल गर्ने आशिष चौधरी खेलको प्लेयर अफ म्याच घोषित भई नगद १० हजार पाउन सफल भए । भोलि फ्रेन्ड्स क्लब र नेपाल एपीएफ भिड्दैछन् ।
१२ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्नेछन् ।