इटहरी । धनकुटाको देउराली फुटबल क्लब प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । स्पर्धी झापाको शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै धनकुटा फाइनल प्रवेश गरेको छ । धनकुटाले झापालाई ३-१ गोलले स्तब्ध बनाउँदै फाइनल प्रवेश गरेको हो ।
झापाका लागि विशाल दर्जीले खेलको १० मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, बाँकी समय धनकुटाले आफ्नो कब्जा जमायो । धनकुटाले लगातार ३ गोल गरेर फाइनलमा स्थान पक्का गरेको हो ।
धनकुटाका लागि सञ्जय रम्तेलले २ गोल गरे भने वीरेन्द्र लिम्बूले १ गोल गरे । खेलमा बराबरी गोल खेलको १४औँ मिनेटमै वीरेन्द्र लिम्बूले गरेका थिए । खेलको म्यान अफ दी म्याच बनेका सञ्जय रम्तेलले खेलको ३१ र ८० मिनेटमा गरेका हुन् ।
प्रतियोगिताको फाइनल खेल भोलि असार १ गते हुनेछ । जसमा मोतीराम फुटबल क्लब मोरंग र देउराली फुटबल क्लब धनकुटाले फाइनल खेल खेल्नेछन् । फाइनले विजेताले नगद २ लाख पाउनेछ ।