झापा । सुरुङ्गास्थित नेपाल दलित उत्थान सञ्जाल कनकाईले १८ जना दलित गरिब तथा जेहेन्दार विद्यार्थीलाई बुधबार छात्रवृत्ति प्रदान गरेको छ ।
सञ्जालले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकम कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्ययनरत १८ जना विद्यार्थीलाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको संञ्जालका उपाध्यक्ष दलबहादुर विश्वकर्माले बताए ।
विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका थिए । केही वर्ष पहिले कनकाई नगरपालिकाले सञ्जाललाई अक्षयकोषका लागि ५ लाख रुपैँया र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले थप एक लाख रुपैया समेत प्रदान गरेका थिए ।
उक्त अक्षयकोषको ब्याजबाट सञ्जालले कनकाईका ९ वटै वार्डका २ जनाको दरले १८ जनालाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।