भुवनेश्वर (एजेन्सी) । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार साविक विजेता भारतलाई २-१ गोल अन्तरले हराउँदै बंगलादेशले लगातार दोस्रो जित निकालेको हो ।

 

बंगलादेशलाई जित दिलाउन मोहमद नोभाले दुई गोल गरे । भारतका गुर्किरात सिंहले एक गोल फर्काए । यस जितसँगै बंगलादेशले २ खेलमा ६ अंक ओडेको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ ।

 

पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।