बिर्तामोड । शिक्षासंगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । इक्यानको २६औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् ।

 

झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको इक्यान झापाका अध्यक्ष मिलन ओलीले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदानमा ४० जनाभन्दा धेरैले रक्तदान गरेका छन् । झापा शाखाले यस पटक रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

 

इक्यान झापाका अध्यक्ष ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इक्यान झापाका उपाध्यक्ष एवम् बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल औषधि ब्यवसायी संघका महासचिव जीवन खड्का, नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई (मामा), इक्यान झापाका निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलसहित इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

 

इक्यान झापाका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटाले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए ।