काठमाण्डौ । जारी महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सको पोस्टमा ९ गोल गरेको छ । भारतकी अन्जु तामाङको ह्याट्रिकसँगै ४ गोल रह्यो ।

 

काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा भारतले प्रतिस्पर्धी माल्दिभ्सलाई खेलको अन्त्यसम्म दबाबमा राख्यो । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले दोस्रो हाफको अन्त्यतिर ४ मिनेटको अन्तरमा ४ गोल गर्दै फराकिलो जित दर्ता गरेको हो ।

 

भारतको जितमा अन्जु तामाङ एक्लैले ४ गोल गर्दा दाङमेइ ग्रेसले २ तथा सौम्य गुगुलोथ, एमके कश्मिना र प्रियंका देवीले १-१ गोल गरे । समूह ए मा भारत र बंगलादेश समान २-२ जितका साथ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

 

भारतले पहिलो खेलमा पाकिस्तानलाई ३-० ले पराजित गरेको थियो । यता बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० तथा शनिबार भएको खेलमा पाकिस्तानलाई ६-० ले पराजित गरेको थियो । माल्दिभ्स र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् ।