सुरुंगा । कनकाई नगर खेलकुद विकास समितिको संयोजकमा पूर्व क्रिकेटरसमेत रहेका युवा व्यवसायी जीवन तिम्सिना चयन भएका छन् । नगर कार्यपालिकाको बोर्ड बैठकले तिम्सिनाको संयोजकत्वमा खेलकुदको नगर समिति गठन गरेको हो ।

 

समितिको सदस्यहरुमा राजु पाठक (भलिवल), राम पाठक (कराते)सहित गोविन्द उप्रेती, शिवहरि काफ्ले, तुलाराम विक वकिल, रत्नकुमार राई, उषा ओली उप्रेती, षडानन्द पोखरेल, गंगाराम अधिकारी, सूर्यप्रसाद पौडेल र राम हस्दा रहेका छन ।

 

सदस्य सचिवमा शिक्षा शाखाका अधिकृत हरिप्रसाद मिश्र छन् । यसैबीच, यसअघि रविन्द्र लम्सालको संयोजकत्वमा गठित खेलकुद समितिले पुर्याएको योगदानलाई नयाँ समितिले धन्यावाद ज्ञापन गरेको छ ।