बिर्तामोड । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनमा झापाबाट ४ जना खेलाडी छनौट भएका छन् । प्रदेशस्तरीय छनौटमा ३ स्वर्ण, १ कास्य, १ रजत जितेसंगै झापाको भारोत्तोलन खेलाडीहरुले १ नं प्रदेशको प्रतिनिधित्व गर्दै पोखरामा हुने राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर पाएका हुन् ।

 

झापाबाट तीन जना महिला र १ पुरुष छनौट भएका हुन् । ४९ केजी तौल समुहमा गौरदहकी राधा भुजेल, भद्रपुर नगरपालिकाकी ५५ केजी तौल समुहमा करिना चौधरी, ५९ केजी तौल समुहमा सोनीदेवी दास र पुरुषतर्फ भद्रपुर नगरपालिकाका ८१ केजी तौल समुहमा प्रसिद्ध लवड छनौटमा परेका छन् ।