शनिश्चरे । नेपालीहरुको साझा चाड विजयादशमीलगायत विभिन्न चाड सुरु हुन लागेको छ । यसै अवसरमा निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नेपाल अर्जुनधाराले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

 

समितिका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका उपाध्यक्ष टिआर गौतमले उद्घाटन गरेका थिए । प्याब्सन अर्जुनधाराले आफ्ना सदस्य संस्थाका पदाधिकारी तथा सञ्चारकर्मीमाझ शुभकामना आदान प्रदान गरेको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि गौतम, प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका पूर्व उपाध्यक्ष बालगोपाल गौतम, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

उनीहरुले प्याब्सन अर्जुनधाराले सकारात्मक गतिविधि सञ्चालन गर्न, प्याब्सन मातहतका सदस्य विद्यालयहरुको वार्षिक कार्य तालिकामा एकरुपता ल्याउन मद्दत पुगोस् भन्दै शुभेच्छा प्रकट गरेका थिए । समितिका उपाध्यक्ष कुमार रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राजन वाग्लेले गरेका थिए ।