काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ । मंगलबार दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले १८औं मिनेटमा गोल गरेको हो । नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन् ।

 

यस्तै, उनैले व्यक्तिगत दोस्रो गोल पनि गरेका हुन् । उनले खेलकाे २७औं मिनेटमा टिमका लागि दाेस्राे गाेल गरे । यस्तै, अञ्जनले नै खेलकाे ३८औं मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरेका छन् ।

 

नेपाली टोलीमा किरण चेम्जोङ, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, विमल घर्तिमगर र अन्जन विष्ट रहेका छन् ।