झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकका लागि मंसिर ४ गते भएकाे निर्वाचनमा अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका मतदान केन्द्रहरुमा स्थलगत अनुगमनका क्रममा लिइएका केही तस्वीरहरु प्रस्तुत गरिएको छ । हेरौँ, पत्रकार अमित खम्बूले खिचेका तस्वीरहरु ।

१. अर्जुनधारा ८ स्थित चन्द्रोदय प्राथमिक विद्यालयको मतदान केन्द्रमा मत खसाल्दै निवर्तमान वडाध्यक्ष गोपीचन्द्र गौतम ।

 

अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको मतदान स्थल ।

 

अर्जुनधारा ४ स्थित शिवनारायण प्राथमिक विद्यालयको मतदान स्थल गेटमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरु ।

 

अर्जुनधारा ७ स्थित वडा कार्यालय परिसरमा रहेको मतदान स्थल र ज्येष्ठ मतदाता ।

 

अर्जुनधारा ८ स्थित शनिश्चरे बजार–जयपुर सडक खण्डमा माग्न बसेका महिलाहरु ।

 

अर्जुनधारा १० स्थित वडा कार्यालयमा रहेको मतदान स्थल ।

 

अर्जुनधारा १० स्थित वडा कार्यालय परिसर नजिक रहेको पसलमा नियमविपरीत बिक्रीका लागि राखिएका सुपारीजन्य वस्तुहरु ।

 

अर्जुनधारा ९ स्थित बालज्योति प्राथमिक विद्यालय परिसर बाहिर मतदाता नामावलीमा नाम हेर्दै मतदाता ।

 

ह्विल चियरको सहाराबाट अर्जुनधारा ७ स्थित मतदान स्थलमा जाँदै मतदाता ।