झापाको अर्जुनधारा जलेश्वरधाममा सोमबार साँझ भक्तजनहरुले पितृमोक्षका लागि लाख बत्ती बालेका छन् । त्यस्तै, आयोजकका तर्फबाट गंगा आरती पनि गरिएको छ ।

 

अर्जुनधारा नगरपालिका ७ मा रहेको जलेश्वरधाम पूर्वका पशुपतिनाथको मन्दिरले परिचित छ । हजारौँ भक्तजनले लाख बत्ती बालिरहँदा भिड व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।

 

प्रत्येक वर्षको बाला चतुर्दशीमा यहाँ मेला लाग्ने गर्छ । लाख बत्ती बालेर भक्तजन रातभर जाग्रम बस्ने गर्छन् भने बिहान सबेरै उठेर सतबीच रोपण गर्ने गरिन्छ । हेराैँ, तस्वीरमा…