झापा (एजेन्सी) । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

 

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरेकामा ८२औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए ।

 

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो ।

 

पहिलो जित हात पारेको पोल्याण्ड समूह ‘सीु’को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ । आज नै यस समूहका अर्जेन्टिना तथा मेक्सिकोबीचमा खेल हुदैछ ।