दमक । झापाको दमकस्थित बेलडाँगीमा जारी प्रथम जय हुमागाई स्मृति कप फुटबल प्रतियोगितामा गोलवर्षा गर्दै क्यामरुनको एभेनियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आयोजक भुटनिज युथ क्लबलाई ५-० गोलअन्तरले पराजित गर्दै एभेनियर एफसी सेमिफाइनलमा प्रवेश गरेको हो । एभेनरले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो ।

 

पहिलो हाफको ३ मिनेटमै एभेनरका गिनीले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, टिम्बा टिम्बाले खेलको १७औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको तेस्रो गोल भने स्टेफनले खेलको २७औँ मिनेटमा गरेका थिए ।

 

यसैगरी, एभेनियरकै सोङले करिब एक मिनेटभित्र २ गोल गरेर दर्शकको मन जित्न सफल भए । उनले खेलको ७८ र ७९औँ मिनेटमा गोल गर्दै ५-० गोलको फराकिलो अन्तर निकालेका थिए ।

 

खेलको म्यान अफ दी म्याच एभेनियरका स्टेफन घोषित भए । उनले नगद ५ हजार पाए । भोलि युकेएफसी दार्जिलिङ र भुटनिज युथ स्पाृर्टस् क्लब (बीवाईएससी) अमेरिकाबीच हुनेछ ।

 

 

जयनारायण हुमागाईं ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउने छ ।