बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित बिर्तामोड स्नुकर टुर्नामेन्टमा विपिन कार्की च्याम्पियन बनेका छन् । बिर्तामोड स्नुकरद्वारा आयोजित टुर्नामेन्टमा ६४ जना सहभागी थिए ।

 

टुर्नामेन्टमा रोमन कटुवाल फस्ट रनरअप भए । च्याम्पियन बनेका कार्कीले २१ हजार पाउँदा फस्ट रनरअप कटुवालले ११ हजारमा चित्त बुझाए । उनीहरुले ट्रफी र मेडल पनि पाए ।

 

बिर्तामोड स्नुकरका खेम बुढाथाेकीद्वारा प्रायोजित टुर्नामेन्टमा हाइएस्ट ब्रेकर नितेश डाँगी, बेस्ट प्लेयर नवल अग्रवाल र इमर्जिङ प्लेयर मोहन हस्दा भए । उनीहरुले जनही ५-५ हजार र ट्रफी पाए । बिर्तामोडमा सबैभन्दा पहिला स्नुकर स्थापना गरेका खेलप्रेमी युवा चित्रप्रकाश राईको प्रमुख आतिथ्यतामा टुर्नामेन्ट सम्पन्न भएको थियो ।

 

प्रमुख अतिथि राई, झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङदेन, समिर ताम्राकार, मनिष गिरी, शोभित बाँस्तोलालगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

 

नेपाल च्याम्पियन आयुश गाैतमको पनि उपस्थिति रहेको टुर्नामेन्टमा बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्माले पनि सहभागिता जनाएका थिए ।