झापा । भद्रपुर झापा गोल्डकपको पहिलो संस्करण मंगलबार सकिएको छ । लिग च्याम्पियन मच्छिन्द्र एफसीलाई टाइब्रेकरमा पराजित गर्दै पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी एफसीले चुमेको छ ।
तीन विदेशी टोलीसहित १० टिम सहभागी भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद एक लाखसहित आकर्षक ट्रफी पाए ।
खेलमा उत्कृष्ट गोलरक्षक आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्ता मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडी मच्छिन्द्रका सौरभ सुब्बा घोषित हुँदा उत्कृष्ट प्रशिक्षक आर्मीका राजु तामाङ घोषित भए । उनीहरुले जनही नगद २५ हजार पाएका छन् ।

फाइनल खेलकाे म्यान अफ दि म्याच आर्मीका समित श्रेष्ठ भए । उनले नगद २० हजार पाए । प्रतियाेगिताकाे विजेता आर्मी र उपविजेता मच्छिन्द्रलाई प्रतिनिधिसभा सदस्य तथा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यसैबीच, आयोजकले लाइफ टाइम अचिभमेन्ट अवार्डस्वरुप पूर्वफुटबलर गम्भीर राईलाई एक थान टिभिएस मोटरसाइकल प्रदान गर्यो । उनी स्थानीय खेलाडी हुन् ।





