बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेड क्लब दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा प्रवेश गरेको छ ।

 

झापाको बिर्तामोड ६ स्थित हरियाली सामुदायिक वनको खेलमैदानमा आयोजित प्रतियोगितामा धुलाबारीको रोलिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजक बुट्टाबारी युनाइटेड अन्तिम चारमा पुगेको हो ।

 

सुरुवाती अग्रता आयोजकले लिएको थियो । खेलको ४५औँ मिनेटमा बबिन बोहोराले गोल गर्दै अग्रता दिलाएका थिए । ६ मिनेटपछि धुलाबारीका अरुण मेचेले आकर्षक गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए ।

 

तर, आयोजकका परिवर्तित खेलाडी सुमन विश्वकर्माले खेलको ६६औँ मिनेटमा गोल गर्दै जितको नजिक पुराएका थिए । खेलको म्यान अफ दी म्याच आयोजक टिमका बबिन बोहोरा बने । उनले नगद २ हजार पाए ।

 

 

बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५ हजार ५५५ सहित ट्रफी पाउने छ । भोलि (आइतबार) रोयल एफसी दमक र बगान युथ क्लब हल्दिबारीबीच खेल हुनेछ ।

 

बुट्टाबारी युनाइटेड क्लबका अध्यक्ष हिमाल कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।