बिर्तामोड । साविक विजेता बिर्तामोड युनाइटेड एफसी झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

बिर्तामोड ६ स्थित बुट्टाबारी युनाइटेड क्लबले आयोजना गरेको प्रतियोगितामा बिर्तामोडको जितसँगै सेमी समिकरण पूरा भएको छ । बिर्तामाेडले जलथल एफसीलाई १-० गाेलले पराजित गरेकाे हाे ।

 

हरियाली सामुदायिक वनको खेलमैदानमा जारी प्रतियोगितामा बिर्तामोड युनाइटेडले जलथल एफसीमाथि कठिन जित निकालेर अन्तिम चारको यात्रा तय गरेको हो । बिर्तामोडका लागि मलिन लिम्बूले गरेको गोल नै निर्णायक बन्यो ।

 

खेलको २६औँ मिनेटमा मलिनले जलथल एफसीका गोलरक्षक समिर लिम्बूको हातबाट फर्किएको बललाई हेडमार्फत सम्झनलायक गोल गरेका थिए । मलिन खेलको म्यान अफ दी म्याच बने । उनलाई बिर्तामोड ६ का वडाध्यक्ष सूर्य बन्दङ्वालगायतले नगद २ हजार प्रदान गरे ।

 

 

भोलि बुधबार आयोजक बुट्टाबारी युनाइटेड क्लबले अर्जुनधाराको युथ अफ खुदुनाबारीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५ हजार ५५५ सहित ट्रफी पाउने छ ।