नेपालटार (इलाम) । इलाम नगरपालिका नेपालटारमा जारी प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिकुल माैसमका कारण ढिलागरी खेल खेलाइएकाे थियाे । निरन्तरकाे वर्षा र कुहिराेले खेल प्रभावित बनेकाे थियाे ।

 

मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा माई नगरपालिकालाई पराजित गर्दै इलामले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । उसका लागि १ गोल निर्णायक बन्यो ।

 

खेलको २७औँ मिनेटमा इलामका लागि सुकराज राईले गरेको गोल नै निर्णायक बनेको हो । उनी खेलको म्यान अफ दी म्याच बने । उनलाई ग्लोबल आईएमई बैंकको तर्फबाट नगद ५ हजार प्रदान गरियो ।

 

 

भोलि (बुधबार) अन्तिम सेमिफाइनल खेल देउमाई नगरपालिकाले आयोजक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ ।