काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले लाओसविरुद्ध २-० गोलअन्तरको विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

 

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३०औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नर पासमा अनन्तले हेडरमार्फत गोल गरेका हुन् ।

 

नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । अनन्तको यो नेपालका लागि तेस्रो गोल हो ।

 

त्यसपछि खेलको ५६औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट भली गोल गरे । नेपालका लागि उनको यो आठौं गोल हो ।

 

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।

 

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

 

लाओससँग खेल्ने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ रहेका थिए भने डिफेन्डरमा अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द रहेका थिए । यस्तै, मिडफिल्डरमा नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट र फरवार्डमा अन्जन विष्ट, आयुष घलान, भरत खवास पहिलो रोजाइमा परेका थिए ।

 

नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेलेको हो। एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २-२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३(० ले खेल जितेको थियो।

 

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । त्यसअघि चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

 

प्रतियोगितामा एन्फाले दुई फरक टिकट मूल्य राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।