विराटनगर । विराट गोल्डकप फुटबलमा भारतीय फुटबल टिम लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो ।

 

त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५-५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८-७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ ।

 

आजको खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए । लुकाका गोलकिपर मोहम्मद सनफिर भएका छन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
।

 

उनको प्रहार विफल भएपछि लुकाका खेलाडीहरु मैदानमा सेलिब्रेसन गर्न पुगेका थिए । निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदूपयोग गर्न नसक्दा निर्धारित समय गोलरहित बराबरीमा पुगेको थियो ।

 

 

प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने छ ।