झापा । फिफा सहायक रेफ्री बिक्रम चौधरीको शुक्रबार आकस्मिक निधन भएको छ । गत सिजन शहिद स्मारक ए डिभिजन लिगसमेत खेलाएका ४० वर्षीय चौधरीको शुक्रबार बिहान नियमित अभ्यास प्रशिक्षणका क्रममा निधन भएको हो ।

 

सर्लाही घर भइ हाल विभागीय टोली आर्मी क्लबमा जागिरेसमेत रहेका रेफ्री चौधरी फिफा रेफ्रीको नियमित परीक्षा र प्रशिक्षणका क्रममा अचेत भइ ढलेका थिए ।

 

उनलाई तुरुन्तै अस्पताल पुर्याइएता पनि अस्पतालमै उनको निधन भएको निकट स्रोतले जनाएको छ । उनको मृत्युको कारण भने खुलाइएको छैन ।