बिर्तामोड । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई सहजीकरण गने उद्देश्यले बिर्तामोडका जेन्यूइन एजुकेशन एन्ड भिसा सर्भिसेजले एजुकेशन फेयर सञ्चालन गर्ने भएको छ ।
जेन्यूइन एजुकेशनले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालको पाँच सहरमा एजुकेशन फेयर गर्न लागेको जानकारी दिएको हो । जेन्यूइन एजुकेशनका निर्देशक लक्ष्मीकान्त खनालका अनुसार भदौ २१ गते दमकमा, २२ गते इटहरीमा, २३ गते बिर्तामोडमा, २९ गते चितवनमा र असोज ३ गते काठमाडौँमा फेयर सञ्चालन हुनेछ ।

मुख्य कार्यालय अष्ट्रेलियाको मेलवर्नमा रहेको जेन्यूइन एजुकेशनको स्थापना २०१६ भएको र हालसम्म ६ सयभन्दा बढी विद्यार्थी अष्ट्रेलियालगयातका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालले बताए ।
अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि विषय, कलेज तथा विश्वविद्यालय, शिक्षण शूल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानुनलगायतका विषयमा जेन्यूइन एजुकेशन फेयरमा जानकारी दिइने बिर्तामोड शाखाका व्यवस्थापक विनोद खनालले बताए ।

उच्च अध्ययनका लागि विदेशमा जान इच्छुक विद्यार्थी र अभिभावकलाई सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिबाटै एजुकेशन फेयरमा सहजीकरण गरिने भएको छ ।
विश्वको वरियतामा उत्कृष्ट रहेका कलेज तथा विश्वविद्यालयमा पढ्न र रोजगारको अवसरको खोजीमा नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा जाने वि बताउँदै उनले विद्यार्थीका लागि जेन्यूइन एजुकेशनले सहजीकरण गर्दै आएको पनि सुनाए ।