काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ । आज बिहीबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भारतले बङ्गलादेशलाई ३-० गोलले हरायो ।
पहिलो हाफमा २ गोल गरेको भारतले दोस्रो हाफमा १ गोल थप्यो । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १-१ गोल गरे । यो जितसँगै समूह ‘बी’ मा रहेको भारतले ३ अङ्क जोडेको छ । यो समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।
प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी साढे ५ बजे घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । यो समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।