झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामसँग खेल्दै एसियन गेम्समा डेब्यु गर्दै छ। चीनको हाङझाउमा जारी १९औं एसियन गेम्सअन्तर्गत महिला फुटबलमा आज शुक्रबार नेपाल र भियतनाम भिड्दै छन्।

 

वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा हुने खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपाल र भियतनाम तेस्रोपटक आमनेसामने हुन लागेका हुन्।

 

यसअघि ओलम्पिक छनोटमा यी टोली पहिलोपटक भेट भएका थिए। दुवै भेटमा नेपाल हारेको थियो। पहिलो खेलमा ५-१ को फराकिलो हार बेहोरेको नेपाली टोली दोस्रो खेलमा २-० ले पराजित भयो।

 

समूह चरणमा नेपाल, भियतनाम र जापानसँगै बंगलादेश रहेको कठिन समूहमा छ। समूह चरणको दोस्रो खेलमा नेपाल जापानसँग सोमबार खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा ११ गते बिहीबार बंगलादेशसँग भिड्नेछ।