झापा । १९औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।

 

समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्‍यो ।

 

नेपालले अब सोमबार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ । त्यस्तै समूहको अन्तिम खेल बिहीबार बङ्गलादेशसँग हुनेछ । चीनको हान्झाउ सहरमा भोलि शनिबार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।